शुक्रबार मात्रै भारतबाट नेपाल फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

 बैशाख ४, २०७८ शनिबार १३:१२:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिमका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै शुक्रबार मात्रै नेपाल फर्किएका कम्तिमा पनि एक हजार ४५ जना मध्ये ४ सय ७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ । 

कोरोना सङ्क्रमण बढ्दै गएको र यहाँका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख्य कदम चाल्न नसकेको भन्दै स्थानीयबासीमा त्रास उत्पन्न हुन थालेको दिपायल सिलगढी नगरपालिका–४ का वीरबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतबाट काम गरी फर्किने नागरिकमा कोरोना देखिदै छ, रोकथामका लागि खासै पहल भएको छैन्, त्रास नभए के हुनु ।” जिल्लाका स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका लागि क्वरेण्टिन समेत निर्माण नगरेकाले उनीहरु सिधै आ–आफ्ना घर जान थालेको बताइएको छ । 

नागरिकहरु सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा कोरोना सङ्क्रमण बढ्दै जाने तथा पछि गएर कोरोनाले महामारीको रुप लिन सक्ने भन्दा यहाँका गाउँघरमा रहेका नागरिकमा त्रास उत्पन्न हुन थालेको हो । यहाँको स्थानीय प्रशासनले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य १५ दिन क्वरेण्टिनमा राख्नु पर्ने निर्णय गरेको भए पनि त्याे निर्णयको पालना नहुँदा झनै समस्या भएको बताइएको छ ।


 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया