बैतडीमा बौलाहा स्यालको टोकाईबाट एकैदिन तीन जना घाइते

 भदौ ६, २०७५ बुधबार १६:३:३१ | जयराज अवस्थी

बैतडी – बैतडीको पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालले आतंक मच्चाउन थालेको छ । 

नगरपालिकाको वडा नम्बर ६ लोर्खामा बौलाहा स्यालको टोकाइबाट एकैदिन तीनजना घाइते भएका छन् । घाइते हुनेमा दमन्ती जोशी, विन्दा जोशी  र नरेन्द्र भण्डारी रहुनुभएको छ । घरमै बसिरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह बिष्टले बताउनुभएको छ । 

स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिजविरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया