कोरोनाका कारण पाथीभरा मन्दिर दर्शनमा रोक

 बैशाख ११, २०७८ शनिबार ८:०:५३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ ।

मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयाे।

मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जाेखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो  ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र आजदेखि कडाइका साथ लागू गरिने बताउनुभयो । 


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया