अज्ञात रोगका कारण दुई बालकको ज्यान गयो

 बैशाख १८, २०७८ शनिबार २०:२६:१६ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगका कारण दुई बालकको ज्यान गएको छ । ज्वरो आउने, पँहेलो रङ्गको बान्ता गर्ने लक्षणसहितको रोगले दुईजना बालकको ज्यान गएको हाे ।

कुशे–८ औलरीजामा बिहिबार राति १ जना र शुक्रबार राति १ जना गरि दुई दुधे बालकको ज्यान गएको कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । यस्तै गाउँका अर ६/७ जना दुधे बालकहरुमा पनि यस्तै लक्षण देखा परेको कुशे गाउँपालिका–८ की वडा सदस्य विनिता विकलाई उदृत गर्दै सांसद सिंहले बताउनुभयो ।

कुशे गाउँपालिकाको वडा नम्बर ८ का बालबालिकाहरुमा देखा परेको याे रोगको नियन्त्रण तथा पहिचान गर्नका लागि जिल्ला सदरमुकाम खलंगाबाट औषधिसहित स्वास्थ्यकर्मीहरुको एक टोली आजै कुशे गाउँपालिकातर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनु भयो । स्वास्थ्यकर्मीको टोली भोलि बिहान औलरी पुग्ने जनाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया