टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई थरुहट संघर्ष समितिको दबाब

 भदौ ७, २०७५ बिहीबार १६:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - थरुहट संघर्ष समितिले टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई फेरि दबाब दिएको छ । 

टीकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिका संयोजक रुक्मणि चौधरीले टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई पुनः दबाब दिनुभएको हो ।

उहाँले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताईरहेका २६ जना बन्दीहरुलार्इ तत्काल रिहा गर्न पनि सरकारसँग माग गर्नुभयो ।

पूर्व सांसद समेत रहनुभएकी चौधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद हरिराम चौधरीले टीकापुर घटनालाई अपराधिकरण नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले टीकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर त्यस घटनाको यथार्थ छानबिन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

२०७२ साल भदौं ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो । सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका रेशम चौधरीसहित २६ जनाले जेल जीवन बिताइरहेका छन् ।

 

याे पनि पढ्नुहाेस्

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया