उपभोक्तालाई मारमा पार्ने कसैलाई पनि छोडिन्न : मन्त्री यादव

 भदौ ७, २०७५ बिहीबार १८:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कारबाही गर्ने गरी बजार अनुगमनको कामलाई तीव्रता दिइएको बताउनु भएको हो । उहाँले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कारबाही हुने गरी उपभोक्ता संरक्षण ऐन संशोधन विधेयक, २०७५ संसदमा पेश गरिएको पनि जानकारी दिनुभयो । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले दसैँ, तिहार जस्ता चाडबाड आएकाले उपभोक्तालाई मारमा पार्न नदिन सरकारले बजार अनुगमनको कामलाई अभियानको रुपमा अघि बढाएको उल्लेख गर्दै त्यसमा साथ दिन सञ्चारकर्मीहरुसँग पटक– पटक आग्रह पनि गर्नुभयो । उहाँले बजार अनुगमनको कामलाई परिणाममुखि बनाउन आफूले गृह र कृषि मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको पनि जानकारी दिनुभयो ।

मन्त्रालयले वीरगंजस्थित प्रोबायोटिक उद्योग प्रालिले गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएपछि कारबाही प्रक्रिया सुरु गरिएको पनि स्पष्ट पारेको छ । मन्त्री यादवले निरीक्षण गरेको सो उद्योगमा उत्पादित सनफ्लावर तेल, भटमासको तेल र सूर्यमुखि तेलमा अखाद्य बस्तु भेटिएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको हो । 

मन्त्री यादवले कालीमाटी फलफूल तथा तरकारी बजार भित्रका अवैद्य गतिविधि नियन्त्रणका लागि छानबिनको काम सुरु गरिएको पनि जानकारी दिनु भयो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया