गोरखामा ४ दशमलव १ रेक्टरकाे परकम्प

 जेठ १८, २०७५ शुक्रबार ८:४५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १८ – गोरखा केन्द्रबिन्दु भएर परकम्प गएको छ । राति २ बजेर १७ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि २०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परपम्प अझै आइरहेको हो । ठूला भूकम्पपछि वर्षौँसम्म साना परकम्प गैरहने भएकाले आत्तिनु नपर्ने केन्द्रले जनाएको छ । हिजो राति ९ बजेर ४५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया