नेपालगञ्जका सडकमा फोहोर थुपार्नेलाई जरिवाना

 भदौ ८, २०७५ शुक्रबार १३:१८:२८ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज – नेपालगञ्जमा सडकमा फोहोर थुपार्नेलाई कारबाही सुरु गरिएको छ । 

नेपालगञ्जको कारकादौंमा रहेको होण्डाको शोरुमलाई  सडकमा फोहोर थुपारेको भन्दै वडा नम्बर १८ ले शुक्रबार १५ हजार रुपैयाँ जरिवानाको पत्र थमाएको छ । वडा अध्यक्ष र नगर प्रहरीसहितको टोलीले जरिवाना गराएको हो । 

वडा अध्यक्ष दिपक बर्माले सडकमा संकलन गर्न नसकिने गरी  फोहोर नफाल्न पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेपछि जरिवाना गराइएको जानकारी दिनुभयो ।  

जरिवानापत्रमा जथाभावी फोहोर नगर्न र हाल जम्मा भएको फोहोर पनि तत्काल हटाउन निर्देशन दिइएको छ । कारकादौंको मूल सडकमा जम्मा भएको फोहोर संकलनका लागि हरेक बिहान ट्रयाक्टर आउने गरेको छ । तर होण्डा शो रुमले भने धेरै दिनको फोहोर एकैपटक जथाभावी सडकपेटीमा फाल्दा संकलनमा कठिनाई भएको उपमहानगरपालिकाका कर्मचारीहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया