आर्थिक अवस्था कमजोर भएका बैतडीका किशोरीहरुलाई छात्रवृत्ति प्रदान

 भदौ ८, २०७५ शुक्रबार २०:८:२१ | जयराज अवस्थी

बैतडी – बैतडीमा आर्थिक अवस्था कमजोर भएका १३ जना किशोरीहरुलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । 

बालविवाह न्यूनीकरण अभियानमा सक्रिय र आर्थिक अवस्था कमजोर भएका किशोरीहरुलाई १५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले छात्रवृत्ति प्रदान गरेको हो । किशोरीहरुको उच्चशिक्षा अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताउनुभयो । 

छात्रवृत्ति पाउँदा आफूहरुलाई खुसी लागेको सुर्नया गाउँपालिका ५ की द्रोपती बिष्टले बताउनुभयो । गाउँमा बालविवाह न्यूनीकरण अभियानमा सक्रिय कुन्ती भट्टले छात्रवृत्ति पाउँदा आफू खुशी भएको बताउनुभयो । 

साविकका ११ गाविसका किशोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

किशोरीहरुलाई छात्रवृत्ति प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले आर्थिक अवस्था कमजोर भएका छात्राहरुलाई छात्रवृत्तिले सहयोग हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया