बझाङमा विरिजात मेलाको रौनक सुरु

 भदौ ९, २०७५ शनिबार १६:१०:१३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाकै प्रसिद्ध विरिजात मेलाको रौनक सुरु भएको छ ।

सुर्मा गाँउपालिकामा पर्ने यो मेला ५ दिनसम्म चल्ने गर्छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनै पूर्णिमाका दिन समापन हुने मेलामा सहभागी हुन बिहीबारदेखि तीर्थ यात्रीहरू सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् । समुन्द्र सतहबाट  ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर ताल पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

शुद्ध मनले सुर्मा सरोवरमा स्नान गर्नाले मनोकामना पूरा हुने जनविश्वास भएका कारण आफूहरू मेलामा सहभागी हुन लागेको सुर्मा गाँउपालिकाका–२, का बसन्ती देवी बोहराले बताउनुभयो । मेला भर्न जिल्ला भित्र र बाहिरका विभिन्न ठाउँबाट भक्तजनहरु सुर्मा सरोवरतर्फ जाने गरेको सुर्मा गाउँपालिकाले जनाएको छ  ।

यस क्षेत्रमा तीर्थ यात्रामा जाने यात्रुहरुले पानी परेको समयमा समेत छाता ओढ्न र जुत्ता लगाउन नपाइने परम्परा  छ । तीर्थालुहरू शुक्लपक्ष एकादशीका दिन जयपृथ्वी नगरपालिकाको सेलाखेतमा रहेको सुर्मा मन्दिरमा पूजा आजा गरी सुर्मा सरोवरको यात्रामा निस्कने गर्छन् ।

एकादशीका दिन दौलीचौरको घोगाडामा रहेको सुर्मा थलीमा रातभर विभिन्न खालका खेल खेलेर जाग्राम गर्ने र भोलिपल्ट बिहानै हिँडेर साँझ सुर्मा सरोवर पुग्ने गरेको स्थानीय बासिन्दा कलकबहादुर बोहराले बताउनुभयो ।

त्रयोदशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पूजाआजा गर्ने र त्यसको भोलिपल्ट त्यहाँबाट फर्केर सुर्मा गाउँपालिकाकाको थकुन्डा गाउँ नजिकै रहेको सुर्मा देवीको मुख्य मन्दिरमा धुमधामसँग पूजा गरेपछि मेला समापन हुने बोहराको भनाई छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया