जुवा खालबाट १७ जना जुवाडे पक्राउ

 भदौ ९, २०७५ शनिबार १८:२३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – महानगरीय प्रहरी परिषर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवा खालबाट १७ जनालाई जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरी परिषर भक्तपुरले शनिबार भक्तपुर नगरपालिका–९, मालपोत कार्यालय नजिकै निर्माणाधीन १ तले भवनको भुइँ तलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

काभ्रे बनेपा नगरपालिका–१, का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलान्चोक तिमाल गाउँपालिका ३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, त्यसै ठाउँका ४१ वर्षीय रवीन्द्र शाख कर्मी ४१ वर्षीयको केदार शाखकर्मी, चानपा ८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनीलाई प्रहरीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट नगद ८६ हजार ७ सय २० रुपैयाँ र ९ वटा तासको बुक समेत बरामद गरेको प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका ८ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने ४५ वर्षीय बिष्णु स्वानेपा, काभ्रे रोसी ९ बस्ने ४५ वर्षीय भोज तामाङ्ग, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सुर्य लामा,  ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध ९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी ४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मंगलटार ९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल ७ बस्ने २७ वर्षीय योगेन्द्र लामा, सूर्यविनायक ८ बस्ने ३३ वर्षीय विशाल तामाङ रहेका छन् ।

जुवा खालबाट नगद ८४ हजार ९ सय २५ रुपैयाँसहित २१ बुक तास बरामद गरेको पोखरेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया