इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी

 भदौ १०, २०७५ आइतबार ९:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले हेस्टह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

वेस्ट ह्यामले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । वेस्टह्यामका कप्तान मार्को अर्नोटोभिकले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । तर एक गोलले पछि परेको आर्सनलले पाँच मिनेटमै बराबरी गरेको थियो । ३० औं मिनेटमा नाचो मोनरेलले बरबारी गोल गरेका थिए ।

पहिलो हाफमा १–१ गोलमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा जित पक्का गरेको हो । ७०औं मिनेटमा वेस्टह्यामका लासा डिओपले आत्मघाति गोल गर्दै आर्सनलाई २–१ को अवस्थामा पुराएका थिए । अतिरिक्त समयमा डेनी वेलबेकले गोल गर्दै आर्सनललाई प्रिमियर लिगमा पहिलो जित दिलाउन सफल भए ।

यस्तै अर्को खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले ब्राइटन एण्ड होभ आल्बियनलाई १ –० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले गोल गरेका थिए । सलाहले गरेको २३ औं मिनेटको गोल नै स्पष्ट ३ अंक जोड्न पर्याप्त बन्यो । दश खेलाडीमा सिमिति साउथ ह्याम्पटनमाथि लेस्टरले २–१ गोल अन्तरले जित निकालेको छ ।

५२औं मिनेटमा रियान बेट्रान्डले गोल गर्दै साउथह्याम्पनलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा लेस्टरका डिमारिया ग्रेले बरबारी गोल गरे । ७७ औं मिनेटमा इमाइल होजबर्ग दोहोरो पहेँलो काड खाँदै मैदान बाहिरिएपछि साउथ ह्याम्पटन १० खेलाडीमा सिमिति भएको थियो ।

अन्तिम १५ मिनेट सम्हाल्न नसक्दा साउथह्याम्पटनले ३ अंक गुमाउन बाध्य भयो । ९२ औं मिनेटमा ह्यारी मागुरोले गोल गर्दै लेस्टरलाई जित दिलाए । प्रतियोगिता अन्तर्गत गएरातिनै भएका अरु खेलमा बर्नमाउथ र एभर्टन २–२ गोलको बराबरीमा रोकिँदा हर्डल्स फिल्ड र कार्डिफ गोल रहित बरारबीमा रोकिए ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया