प्रदेश सरकारको बिदा अवज्ञा गरेको आरोपमा मन्त्रीले गरे नेपाल राष्ट्र बैंकमा तालाबन्दी

 भदौ १०, २०७५ आइतबार १४:१९:२३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गर्नु भएको छ । 

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिनु भएको हो । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरे पछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताउनु भएको छ ।

उहाँले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्ने देखि लिएर कानूनी उपचार समेत खोजिने बताउनु भएको छ । भदौ १ गते लागू भएको देवानी कार्यविधि संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक बिदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको भए पनि यो कानूनी प्रावधानलाई प्रदेश अन्तर्गत रहेका संघीय कार्यालयहरुले उल्लंघन गरेकोले बाध्य रुपमा प्रदेश सरकार कानून कार्यान्वयन गराएको हो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Dr. G.B.Thapa

    Aug. 26, 2018, 9:32 p.m.

    Minister was involved in Gaijatra !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया