जाजरकोटमा पशु चौपाया छोड्न पाटन लेक गएका सात जना बेपत्ता

 असार २, २०७८ बुधबार २०:५५:५ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट – जाजरकोटमा पशु चाैपाया छाेड्न पाटन लेक गएका सात जना बेपत्ता भएका छन् । गएकाे जेठ ३१ गते पशु चौपाया छोड्न लेक पाटन गएका ११ जना स्थानीय गोठालामध्ये चार जना फर्किएकाे र बाँकी सात जना बेपत्ता भएकाे खबर प्राप्त भएकाे गाउँपालिका ८ का वडाध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयाे ।

अहिले उनीहरूकाे खाेजी भइरहेकाे उहाँले जानकारी दिनुभयाे । तीन दिन अघिदेखि परेकाे पानीका कारण उनीहरू अलमलमा परेकाे हुन सक्ने पनि बताइएकाे छ ।

यस्तै हावाहुरीसँगै परेकाे चट्याङका कारण एक सयभन्दा बढी पशु चाैपाया परेकाे खबर प्राप्त भएकाे कुशे गाउँपालिकाकाे पशुपक्षी शाखाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी खुमानन्द पाण्डेले प्रहरी टोली खोजिका लागि हिँडिसकेकाे र घटना भएको ठाउँमा दुई दिन पैदल जान पर्ने भएकाले खबर आउन अझै केही दिन लाग्ने बताउनुभयो ।

त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम नगर्ने भएकाले खबर आज प्राप्त भएको हो  ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया