देउराली यातायात सम्बद्ध व्यवसायी तथा श्रमिकलाई ७३ लाख रुपैयाँ राहत वितरण

 असार ५, २०७८ शनिबार २०:३१:२३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – देउराली यातायात अर्घाखाँची प्रालीले  कोरोनाबाट व्यवसायी मारमा परेको भन्दै ७३ लाख रुपैयाँ राहत वितरण गरेको  छ ।

संस्था सम्बद्ध व्यवसायी, यातायात मजदुर तथा कर्मचारीहरुलाई ७३ लाख  ७५ हजार रुपैयाँ बराबरकाे राहत वितरण गरिएको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले बताउनुभयाे । कोरोनाको दोस्रो भेरियन्टको महामारीका कारण लकडाउनमा परेका यातायात व्यवसायीलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरी  प्रालिमा आबद्ध भइ सञ्चालनमा आएका १ सय ४३ सवारी साधनका सम्बद्ध सबैलाई राहत वितरण गर्न थालेको हो ।

प्रालीले गाडी धनीलाई ४३ हजार, चालकलाई ५ हजार, सहचालकलाई २ हजार रुपैयाँका दरले राहत दिएको  समितिका कोषाध्यक्ष नारायण खड्काले बताउनुभयाे ।  कर्मचारीलाई  प्रतिव्यक्ति ५ पाँच हजार रुपैयाँका दरले राहत दिने निर्णय गरिएको छ।

अर्घाखाँचीमा यातायात क्षेत्रमा देउराली यातायात पुरानो यातायात व्यवसायी कम्पनी हो । देउराली यातायातले जिल्लाका हरेक ठाउँमा यातायात  सेवा प्रदान  गर्दै आएको छ ।  वि.स. २०६१ सालमा स्थापना भएको यस संस्थासँग अहिले जीप, हाइस ,मिनि बस गरेर एक सय ४३ वटा सवारी साधन रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया