कमला नदीले बगाएका महरा र राउतको शव भेटियो

 भदौ ११, २०७५ सोमबार १६:८:११ | आशिष विश्वकर्मा

सिरहा – कमला नदीले बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ ।

साउने पूर्णिको पानी भर्न सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार  बाढीले बगाएको गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतको शव फेला परेको हो ।

महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमूनि फेला परेको छ, भने राउनको शव कर्जन्हा ७ स्थित कमला नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेल जानकारी दिनुभयो ।

दुवैको शव जिल्ला अस्पताल सिरहा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कमला नदीले ३ जनालाई बगाएको थियो । जसमध्ये सिरहा औरही गाउँपालिका–३, तुलसिपुरका २० वर्षका कृष्ण महतोको शव आइतबार धनुषा क्षेत्रको कमला नदी किनारमा फेला परेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया