जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामीको चाप

 असार २२, २०७८ मंगलबार २०:२०:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै सङ्ख्यामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले अस्पतालमा दैनिक एक सयभन्दा धेरै जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । ‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रूपमा पानीजन्य रोगका बिरामी बढी छन्’, अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो ।
यस्तै अन्य स्वास्थ्य समस्याका २० जनाका सङ्ख्यामा बिरामी भर्ना भई उपचाररत रहेको पनि उहाँले बताउनुभयो ।

अस्पतालमा छुट्टाछुट्टै स्वास्थ्यकर्मीको समूह बनाइ कोरोना सङ्क्रमित र सामान्य रोगका बिरामीको उपचार गरिएको अस्पतालका प्रमुख श्रेष्ठकाे भनाइ छ । उहाँका अनुसार अस्पतालका सबै सेवा दैनिक रूपमा प्रवाह भइरहेको छ ।

बर्खाको समयमा दूषित पानीको सेवनबाट विभिन्न पानीजन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले पानी शुद्धीकरण गरी पिउन सबैमा स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले आग्रह गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया