झन्डै आठ सय लिटर घरेलु रक्सी नष्ट

 असार २६, २०७८ शनिबार २०:२६:५३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा प्रहरीले झन्डै आठ सय लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । सन्धिखर्क नगरपालिका १ का विभिन्न ठाउँमा लुकाइ छिपाइ रक्सी बनाउने ठाउँमा गइ छापा मार्दा बरामद गरिएको अवैध घरेलु रक्सी प्रहरीले नष्ट गरेको हो । 

घरेलु रक्सीका कारण समाजमा झै–झगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले ती रक्सी बनाउने ठाउँको खोजी गर्दा झन्डै आठ सय लिटर रक्सी भेटिएको र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले बताउनुभयो । 

बरामद गरिएको रक्सी फोहर र खानयोग्य समेत नभएको प्रहरीको भनाइ छ । घरेलु रक्सीमा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले त्यस्ता रक्सी उत्पादनलाई अवैधानिक मानेको छ ।   

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया