दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने तुलबहादुर ६ वर्षपछि पक्राउ

 असार २८, २०७८ सोमबार ११:४६:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

काठमाण्डाै - ६ वर्षअघि दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ का तुलबहादुर बन्जाडे पक्राउ परेका छन् ।

२०७२ साल कात्तिक ६ गते बेलुका जाँडरक्सी खाएर घर पुगेका बन्जाडेले श्रीमतीसँग विवाद भएपछि राति आफ्नै घरमा आगो लगाएका थिए । आगलागीबाट घर जलेर ध्वस्त भएको थियो । श्रीमती र दुई छोरी भने घरबाहिर रहेकाले बाँचेका थिए । आगलागीबाट एउटा भैँसी र चार वटा बाख्रा समेत जलेर मरेका थिए ।

घरमा आगो लगाएर भागेका तुलबहादुरलाई प्रहरीले जङ्गलबाट पक्राउ गरेको थियो । केही दिन पछि धरौटीमा छुटेका तुलबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले  ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि उनी फरार थिए ।  उनलाई  चितवनको भरतपुर महानगरपालिका वडा नं ११ अमनचोकबाट गएको शुक्रवार पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया