एसिया कप छनोट : टस हारेर ब्याटिङ गर्दै नेपाल

 भदौ १३, २०७५ बुधबार ८:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी एसिया कप छनोट प्रतियोगितामा पहिलो खेलमा नेपाल ओमानसँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो ।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

छनोट प्रतिस्पर्धामा नेपाल, ओमान, सिंगापुर, हङकङ,  मलेसिया र युएई छन् । प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया