एसिया कप छनोट : यूएईले दियो नेपाललाई २ सय ५५ रनको लक्ष्य

 भदौ १४, २०७५ बिहिबार ११:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी एसिया कप छनोट अन्तर्गत यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएकाे छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । 

नेपालले १२.१ ओभरमा युएईको पहिलो विकेट लिएको थियो । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका हुन् । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराए ।

यस्तै १३.१ आभरमा सन्दीप लामिछानेले दोस्रो विकेट लिए । उनले यूएईका कप्तान रोहन मुस्तफालाई १ रनमै आउट गराउन सफल भए ।

तेस्रो विकेटका लागि रमिज सहजाद र चिराग सुरीबीच ६७ रनको साझेदारी हुँदा युएई बलियो स्थितिमा पुगेको थियो । तर एक सय ३७ रनमा उसले तेस्रो विकेट गुमायो ।

त्यसपछि एक सय ५९ रन हुँदा नेपालले युएईको ५ विकेट लियो । नेपालका लागि बसन्त रग्मी र सन्दिप लामिछानेले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपाल विरुद्ध राम्रो लयमा देखिएका चिराग सुरीलाई ६५ रनमा दिपेन्द्र ऐरीले रनआउट गरेपछि युएईले एक सय ८४ रनमा ६ विकेट गुमायो ।

तर सन्दीप लामिछानेले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि युएईले दुई सय २१ रनमा आठ विकेट गुमायो । अन्तिममा अद्नान मुफ्तीले आक्रामक अर्धशतक प्रहार गरेपछि युएईले नेपाललाई बलियो लक्ष्य दिन सफल भयो । अद्नानले ५७ रन बनाए ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।

नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा खेलेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया