चिकित्सक संघद्वारा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक –२०७५’ को स्वागत

 भदौ १४, २०७५ बिहिबार १५:०:२६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल चिकित्सक संघले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेको छ । 

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गर्नु भएको हो । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्ने विषयमा भने स्पष्ट कानुनी व्यवस्था गर्न पनि समितिलाई सुझाव दिनुभयो ।

अध्यक्ष श्रेष्ठले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि समितिसँग आग्रह गर्नुभयो । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी छ ।

बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराएका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सचेत गराउनु भएको हो ।

समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दावी गर्दै असन्तुष्टि व्यक्त गर्नु भयो । संवैधानिक व्यवस्था अनुसार जनताले चाहेको ठाउँमा अस्पताल खोल्ने पाउने अधिकारलाई चिकित्सकहरुले अवरोध गर्न नहुने उहाँको तर्क छ ।

समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि त्यो विधेयकका सम्बन्धमा छलफल गरेको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया