नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्ता पक्राउ

 भदौ १४, २०७५ बिहिबार २०:२२:३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर –५, समाल्बुङको सुम्फुङ्गमा नेकपा कार्यकर्ता पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा नेकपा मेची अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूसहित ११ जना रहेका जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ  ।                                                                                    

पक्राउ परेका ११ जनामध्ये एक जना इलामका र बाँकी १० जना झापाका रहेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङका ४५ वर्षका अर्जुन आचार्य, झापा दमकका ३४ वर्षका सन्तोष लिम्बू, २८ वर्षका सुमनसिंह पौडेल, झापा शिवसताक्षी नगरपालिकाका ११ का ३० वर्षका तारा थापा, ३८ वर्षका चमनलाल माझी रहेका छन् । 

४८ वर्षका चित्र विश्वकर्मा, २९ वर्षका सुरेन्द्र मिश्र, २५ वर्षका सञ्जय राई, ३५ वर्षका  भिमकुमार सुब्बा, ३० वर्षका विनोद कुमार राई र इलाम देउमाई नगरपालिका ८ का ६७ वर्षका मोहनबहादुर बराल रहेका छन् । पक्राउ परेका सन्तोष लिम्बू पार्टीका सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 


गाँउमा नेकपा (विप्लव समूहले विभिन्न गतिविधि गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताउनु भयो । 

पक्राउ परेका ११ जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेकपाका कार्यकर्ताबाट पार्टीको आन्तरीक प्रशिक्षणको ब्यानर र पर्चा समेत बरामद गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक भट्टराई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया