फिफा वरीयतामा नेपाल यथावत्
पुस ४, २०८१ बिहिबार
काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ ।
राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं घोषणापत्र जारी भएपछिको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
सम्मेलनका क्रममा बिमस्टेक देशबीच क्षेत्रीय सहयोग बढाउने शान्ति र समृद्धिको दिशामा मिलेर जानुपर्ने कुरामा सहमति भएको ज्ञवालीले बताउनुभयो ।
साथै शिखर सम्मेलनमा ‘मल्टी डाइमेन्सल कनेक्टिभिटी’मा जोड दिइएको बताउँदै ज्ञवालीले यसका बारेमा थाइल्याण्डले ‘मास्टर प्लान’ बनाउँदै गरेको जानकारी दिनुभयो । थाइल्याण्डको प्रारम्भिक रिपोर्टपछि योजना अघि बढाइने पनि उहाँले पनि जानकारी दिनुभयो ।
औपचारिकतामा सीमित बिमस्टेकलाई अब भने परिणाममुखी बनाइने ठोस योजना अघि सारिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
सार्क बडापत्रजस्तै बिमस्टेक चार्टर बडापत्रको पनि तयारी गरिएको बताउँदै उहाँले बिमस्टेकको आफ्नै रिसर्च सेन्टर र विश्वविद्यालय बनाउन सकिन्छ भन्ने कुरामा पनि सहमत भएको बताउनुभयो ।
त्यस्तै मौसम परिवर्तनका कारण हिमाली देशहरु भुटान र नेपाल विभिन्न समस्याबाट गुज्रिरहेकाले योसँग जुझ्न साझा प्रयास अपनाउने कुरामा सहमति भएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले २०२२ मा बिमस्टेक टुरिजम कन्क्लेभ आयोजना गर्ने कुरामा सबै सदस्य राष्ट्र सहमत भएको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।