बंगलादेशी प्रधानमन्त्री स्वदेश फिर्ता

 भदौ १५, २०७५ शुक्रबार १४:५८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता हुनुभएको छ ।

बंगलादेशी प्रधानमन्त्री हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बिदाई गर्नुभएको हो । 

बिमस्टेकको चौथो शिखर सम्मेलनको समापनपछि आजै अन्य केही विशिष्ट पाहुनाहरु पनि स्वदेश फर्कँदै हुनुहुन्छ । 

आजै भारतीय नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि स्वदेश फर्कँदै हुनुहुन्छ । 

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधी छिरिङ वाङचुक भने शनिबार मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ । त्यस्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया