राेकिरहेकाे तेल ट्याङ्करलाई ट्रकले ठक्कर दिँदा सप्तरीमा एक बालिकाकाे ज्यान गयाे

 भदौ ८, २०७८ मंगलबार १५:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीमा रोकिरहेको तेल ट्याङ्करलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एक बालिकाको ज्यान गएकाे छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल ट्याङ्करलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका–४ का आशाराम चौधरीकी नाै वर्षीया छोरी मेनुकाकाे घटनास्थलमै ज्यान गएकाे सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, उहाँकी ४० वर्षीया श्रीमती चन्द्रकला र २३ वर्षीय छोरा आशिष चौधरी घाइते भएका छन् । घाइतेहरूकाे लहानमा उपचार भइरहेको छ । 

ट्रक र ट्याङ्कर नियन्त्रणमा लिइएकाे र फरार भएका ट्याङ्कर चालकको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया