बिमस्टेकले छेकेन ‘गाईजात्रा महोत्सव २०७५’को रौनक

 भदौ १५, २०७५ शुक्रबार १७:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - व्यंग्य र घोचपेचको पर्वका रुपमा लिइने गाईजात्राको रौनक यस वर्ष राष्ट्रिय नाचघरमा देखिएको छ । 

गाईजात्राको दिन अर्थात भदौ ११ गतेदेखि राष्ट्रिय नाचघरमा सुरु भएको ‘गाईजात्रा महोत्सव २०७५’  भदौ  १८ गते सम्म चल्नेछ । 

कार्यक्रम प्रत्येक दिन साँझ ५ः३० बज सुरु हुन्छ भने बिदाको दिन दिउँसो २ः३० बजे पनि कार्यक्रम राखिएको छ ।  

नेपालमा आयोजना भएको बिमस्टेक सम्मेलनले नेपाली सिनेमाको कारोबारलाई असर पारिरहेको बेला गाईजात्रा महोत्सव २०७५ लाई भने कुनै पनि असर परेको देखिएको छैन । गाईजात्राको रौनक झन् दिनप्रतिदिन थपिँदै गइरहेको छ । 

‘गाईजात्रा महोत्सव २०७५’ मा ५ वटा प्रहसन रहेको महोत्सवका संयोजक प्रभाकर शर्माले गफगाफलाई जानकारी दिए । प्रहसनलाई  जाजाआवा, सपेरा, पानीजहाज, क कथि, शौचालय जस्ता नाम दिइएको छ । 

‘गाईजात्रा महोत्सव २०७५’ मा प्रभावकरदेव शर्मा, राजन थापा, नवराज भण्डारी, शुशीला निरौला, पुष्प अवस्थीलगायतको समूहले ‘जाजाआवा’ नामक प्रहसन गर्दै आएको छ ।  

उता शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलाको साग’ले प्रदर्शन गर्ने प्रहसनको नाम हो ‘सपेरा’ । उनीहरुले यस शीर्षकमा रहेर राजनीतिज्ञमाथि चोटिलो व्यङ्गय प्रहार गर्छन् ।

दमन रुपाखेती, निरज नेपाललगायतका कलाकारको टोलीले ‘पानीजहाज’ शीर्षकमा व्यङ्गय प्रहार गर्छन् । 

रवि डंगोल, पूर्ण थापा, पल्पसा डंगोल, सन्तोष खनालको समूहले भने बढ्दो मूल्य वृद्धि, करका साथै समय समयमा हुने गरेका विभिन्न राजनीतिक कुरीतिमाथि व्यङ्गय प्रहार गर्दै आएको छ । 

उनीहरुको समूहले गरेको प्रहसनको शीर्षक भने ‘क कथि’ राखिएको छ । 

विष्णु सापकोटा, शिवहरी बैरागीलगायतका कलाकारहरुले सार्वजनिक शौचालय शीर्षकमा प्रहसन प्रस्तुत गरेका छन् । 

हाँस्यव्यङग्यकार राजा राजेन्द्र पोखरेलले कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

सुमन कार्कीको स्ट्याण्डअप कमेडी र ‘मेरी बास्सै’कीभुनियाअर्थात हरिशाबानियाँको नृत्यले पनिकार्यक्रममारौनकताथपेको छ ।

संगीतकार टिका भण्डारीको प्यारोडी गायनमा समेत दर्शकहरुले उत्तिकै मनोरञ्जन लिएका छन् । 

सुन काण्डदेखि लिएर बलात्कार, हत्या, अपहरण लगायत पछिल्लो समय मौलाएका अपराधिक घटना न्यूनीकरणमा सरकारको ध्यान केद्रित नभएको लगायतका समसामयिक विषयहरु ‘गाईजात्रा महोत्सव २०७५’ समेटिएको छ । 

‘गाईजात्रामहोत्सव २०७५’को मिडिया पार्टनरको रुपमा रेडियो अडियो रहेको छ ।

 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया