बालिका हत्या प्रकरण: महोत्तरीको औरही बजार चाैथो दिन पनि बन्द

 भदौ १५, २०७५ शुक्रबार १८:५५:४० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - आठ महिने सोनालीको हत्याराको पक्राउ गरी कानुन अनुसार कारबाहीको माग गर्दै आज चौथो दिन महोत्तरीको औरही बजार बन्द रहेको छ ।

बजार र सडक बन्द भएपछि साप्ताहिक रुपमा शुक्रबार लाग्ने तरकारी बजार जंघानदीको छेउमा लागेको थियो । 

स्थानीय तरकारी बिक्री गर्नका लागि किसानहरुले जंघापुलको पश्चिमतर्फ गौशाला आउने सडकको छेउमा तरकारी बजार लागेको थियो । बाटोको दुइतर्फी बजार लागेपछि भिडबाट सर्वसधारणलाई ओहोरदोहोर गर्नमा समस्या भएको थियो । 

यता महोत्तरीको गौशालाका व्यापारीहरुले आज एक दिन स्वत:स्फूर्त रुपमा बजार बन्द गरेका हुन् । सम्पूर्ण व्यापारी व्यवसायीहरुले शुक्रवार एकदिनको लागि आ आफना पसल बन्द गरेका र सर्वसधारणहरुले साँझमा मैनवती बालेका छन् । 

शुक्रबार चौथौ दिन पनि सोनालीको हत्यारा खोज्नको लागि प्रहरीहरु जिल्लाको विभिन्न स्थानमा सञ्चलित रहेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । 

यसैबीच नेपाली कांग्रेस महोत्तरीले बालिकाप्रति श्रद्धान्जली अर्पण गर्दै हत्यारालाई चाँडैभन्दा चाँडै पक्राउ गर्नका लागि प्रहरीसमक्ष अनुरोध गरेका छन् ।

जिल्ला सभापति महेन्द्रकुमार रायले निकालेको प्रेस विज्ञप्तिमार्फत अपराधी पक्राउ गर्नका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गरिएकाे छ। 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया