गोकर्णेश्वर मन्दिरमा लाग्ने कुशे औँसी मेला स्थगित

 भदौ १३, २०७८ आइतबार ८:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको जोखिम कायमै रहेकाले यस वर्ष काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला लगाउँदा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य भएको उहाँले बताउनुभयो । हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् ।

भाद्रकृष्ण औँसीमा त्यहाँ पुगेर जलदान, सिधादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । गएको वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगित गरिएको थियो । यसपालि भदौ २२ गते कुशे औँसी परेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया