एसिया कप छनोट : नेपालले दियाे मलेसियालाई १८९ रनको लक्ष्य

 भदौ १६, २०७५ शनिबार १३:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै  १८८ रन बनाएको हो ।

खराब शुरुआत गरेको नेपाललाई उकास्न मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले ।

शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले महत्वपूर्ण ५४ रन जोडे । दुई जना खेलाडीले अर्धसतकको पारि खेलेपछि धरासायी बनेको नेपालको पारी उकासिएको थियो । ६० रनमा ५ विकेट गुमाएको नेपाललाई उकास्न दीपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको सोझेदारि गरेका थिए ।

आज पनि नेपालको ओपनिङ अर्डर भने चल्न सकेन् । पहिलो विकेका रुपमा सुवास खकुरेललाई १८ रनको टिम स्कोरमा गुमाएको थियो । सुवास ९ रनमा आउट भएका थिए । 

दोस्रो बिकेटका रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमायो । ज्ञानेन्द्र नेपालको स्कोर ३८ रन हुँदा ११ रन बनाएर आउट भए । 

तेस्रो विकेटको रुपमा पारस खड्का १३ रनको ब्यक्तिगत स्कोरमा आउट भए । चौथो विकेट अनिल कुमार साह आउट भए भने त्यसलगत्तै सागर पुन पनि खातानै नखोली पेभेलियनको बाटो लागे । 

सागर पुन आउट हुँदा नेपालको स्कोर ६० रन थियो । त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । दीपेन्द्र ५४ रनमा आउट भए ।
छैटौं विकेटको रुपमा दीपन्द्र आउट भए पछि  मैदान आएका सोमपाल कामी पहिलो बलमै पेभेलियन फर्किए । 

त्यसपछि मैदान आएका बसन्त रेग्मी र क्रिजमा रहेका आरिफबीच १४ बलमा २७ रनको साझेदारी भएपछि नेपालले निर्धारित ओभरमा १८८ रन बनायो । सेजरुल इद्रुस र सार्दुल मुनिड्डेले तीन तीन विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया