संसदमा तनाव भएपछि संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो
जेठ ४, २०८१ शुक्रबार
पाल्पा – पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १२ जनाको राम्दीघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ ।
मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेको र क्षेत्रमान शाक्यको छोरा जिल्ला बाहिरबाट आउँदै गरेकोले दुई जनाको बाहेक अरुको शनिबार राम्दीघाटमा अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन् ।
अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवम् कर्मचारीसहित अतिथि चढेको बस रम्भा गाउँपालिका –४, हुमिनको धारादी वनमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो ।
दुर्घटनामा सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाका भाई सचिनसँगै डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र दुर्गादेवी श्रेष्ठ र मुना सारुको ज्यान गएको हो ।
घाइते ३ जनाको काठमाडौं र ६ जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।