एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

 भदौ १७, २०७५ आइतबार ६:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो । खेल नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ । 

पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो ।

यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ ।  तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।

नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया