प्रदेश २ सरकारको बिदा लफडा: मन्त्री नै बसे धर्नामा

 भदौ १७, २०७५ आइतबार १५:१:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारको बिदाको अवज्ञा गरेको भन्दै जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकमा तोडफोड गर्न खोज्ने १२ जना पक्राउ परेका छन् । 

आइतबार दिउँसो बैंकभित्र पसेर पसेर तोडफोड गर्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले जानकारी दिनुभयो । 

यता बिदाको अवज्ञा गर्ने र बैंक बन्द गराउन खोज्नेलाई पक्राउ गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव नेपाल राष्ट्र बैंक अगाडि धर्ना बस्नुभएको छ ।

संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंकलगायत बैंक तथा वित्तीय संस्था, जिल्ला प्रशासन, अदालत लगायतका कार्यालयले प्रदेश सरकारको बिदा मान्ने गरेका छैनन् । 

यसअघि भदौ १० गते जनैपूर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदा राष्ट्र बैंकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयंले तालाबन्दी गर्नुभएको थियो ।

गएको बिहीबार बसेको प्रदेश दुईको मन्त्रिपरिषद बैठकले कृष्णाष्टमी अर्थात आजको दिनलाई प्रदेश दुईमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

तर केही कार्यालयले पुनः प्रदेश सरकारको बिदा अटेर गरेपछि आज दुई दर्जनभन्दा बढी विद्यार्थीहरुले खुलेका संघ संस्थाहरु बन्द गराउँदै हिडेका थिए ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया