नायिकाले देखाइन् नक्कली पेस्तोल, प्रहरीले हाने सक्कली गोली

 भदौ १७, २०७५ आइतबार १६:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित टेलिभिजन श्रृङ्खला ‘ईआर’ मा नियमित भूमिकामा खेल्ने नायिका भेनेसा मर्केजको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको छ । 

लस एन्जेल्सको पासाडेनाको उनको कोठामा गएको बिहीबार प्रहरी पुग्दा उनले प्रहरीलाई पेस्तोल देखाइन् । प्रहरीले पनि आत्मरक्षाको लागि फायर गर्दा उनलाई गोली लाग्यो र तत्काल मृत्यु भयो ।

मर्केजले साँच्चिकै पेस्तोल नभएर बच्चाको खेलौना पेस्तोल देखाएको थाहा भयो । तर त्यतिबेलासम्म उनको ज्यान गइसकेको थियो ।

आफूलाइ गोली हान्न लागेको भनेर प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको बताइएको छ । त्यही गोली लागेर उनको मृत्यु भएको हो ।

मर्केजको घरबेटीले उनी मानसिक बिरामी भएकोले उनलाई नियन्त्रणमा ल्याउनको लागि प्रहरीलाई बोलाएकी थिइन् । त्यसैले त्यहाँ आएका प्रहरीलाई देखेर उनले खेलौना पेस्तोल देखाउँदा प्रहरीले स्वचालित पेस्तोल हो भन्ने सोचेर प्रतिकार गर्ने क्रममा गोली लागेको थियो ।

४९ वर्षीया भेनेसा मर्केजले सन् १९९४ देखि १९९७ सम्म एउटा टिभी श्रृङ्खलामा नर्सको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै उनले पछि अरु शोहरु जस्तै ‘सेनफिल्ड’ र ‘मालरोज प्लेस’ मा पनि नायिकाको भूमिका निभाएकी थिइन् । 

गएको वर्ष उनले ‘ईआर’ शोका स्टार जर्ज क्लूनीले उनलाई यौन दुर्व्यवहार र जातीय विभेद गरेको पोल खोलेको भन्दै क्लूनीले उनलाई शोबाट हटाएका थिए । यही कारण उनी गरिबी र चिन्ता झेलिरहेकी बताइएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया