श्रीलङ्कामा शारीरिक रूपमा अशक्त १२ वर्षमाथिका बालबालिकालाई खोप दिन सुरु

 असोज ९, २०७८ शनिबार ७:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्कामा शारीरिक रूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

राजधानी कोलम्बो, उत्तरमध्य प्रान्त र उत्तरपश्चिमी प्रान्तमा १२ देखि १९ वर्ष उमेर समूहका शारीरिक अशक्तता भएका बालबालिकालाई कोरोनाको खोप लगाउन सुरु गरिएको श्रीलङ्काको सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख  जनरल शाभेन्द्र सिल्भाका अनुसार डाक्टरको अनुगमनमा फाइजर कम्पनीले उत्पादन गरेको खोप बालबालिकालाई लगाउन सुरु गरिएको हो । बालबालिकाको लागि खोप अभियान अब देशभर नै सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभएको छ ।

श्रीलङ्कामा शारीरिक अपाङ्गता भएका अनुमानित ५० हजार  बालबालिकाहरू छन् । श्रीलङ्कामा राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत भने २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ। त्यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो ।

यस्तै एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुतनिक–भी लगाउन पनि अनुमति दिइएको छ । श्रीलङ्कामा  अहिलेसम्म कुल पाँच लाख १० हजार ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने  १२ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया