दाजु–भाउजूलाई दाम्लोमा बाँधेर जबरजस्ती औँठाछाप

 जेठ १९, २०७५ शनिबार १९:५७:५७ | शैलेन्द्र महतो

धनुषा – जनकपुरमा आफ्नै दुई भाइले दाजु र भाउजुलाई दाम्लोमा बाँधेर कुटपिट गरी कागजमा औँठाछाप गराएका छन् ।

अंशवण्डासम्बन्धी विवादमा जनकपुर उपमहानगरपालिका –२१, कुर्था बस्ने रामएकबाल मण्डल र रामकेवल मण्डलका परिवारले दाजु शिवजी मण्डल र भाउजू शान्तिदेवी र बुहारी अमृता देवीलाई दाम्लोले बाँधेर कुटपिट गर्दै कागजमा औँठाछाप गराएका हुन् ।

दुवै भाइका छोराहरु सन्तोष, मनिष, ओमकार, रवि र आनन्द मण्डलले तीनजनालाई निर्घात कुटपिट गरी जबरजस्ती औँठाछाप गराएका हुन् । शिवजीसहित घाइते तीनै जनाको उपचार जनकपुुर अञ्चल अस्पतालमा भैरहेको छ । घाइतेमध्ये शिवजी मण्डल र उनका पत्नी शान्ति देवीलाई गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

दाजुभाइबीच पहिल्यैदेखि अंशबण्डासम्बन्धी विवाद चल्दै आएको थियो । दाजु शिवजीले मुद्दा जितेर भोगचलन गर्दै आएको जग्गा भाइहरुले जबरजस्ती आफूहरुको नाममा गर्न दबाब दिँदै आएका थिए ।

भाइहरुको कुरा नमानेपछि शनिबार बिहान उनीहरु पुरै परिवार शिवजीका परिवारमाथि जाइलागेका हुन् । तीनैजनालाई जबरजस्ती घरबाट निकालेर कुटपिट गर्नुको साथै बाँधेर औंठाछाप लगाएको शिवजीका छोरा अनिल मण्डलले दुखेसो पोख्नुभयो । उनीहरुलाई नेपाली कांग्रेस र राजपाका स्थानीय नेतालगायत लेखनदासले समेत सहयोग गरेको अनिलले बताउनुभयो ।

कांग्रेसका स्थानीय नेताहरु राजाराम मण्डल, महेन्द्र महतो, उमेश यादव, राजनारायण साह र राजपाका परमेश्वर साहलगायत र लेखनदास ओपेन्द्र साह समेतको संलग्नतामा आफ्ना बुवाआमालाई निर्घात कुटपिट गरी जबरजस्ती औंठाछाप गराइएको अनिलको भनाई छ । कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको उहाँले बताउनुभयो । 

उहाँले दोषीलाई कारबाहीका लागि पहल गरिदिन सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया