१२ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ

 भदौ १८, २०७५ सोमबार १४:३६:५३ | सुश्मा राजवंशी

झापा – झापाको काँकडभिट्टाबाट१२ लाख ८० हजार भारतीय रुपैयाँसहित सोमबार बिहान एक नेपाली युवा पक्राउ परेका छन् । 

पूर्वी नाका गेटमा झोलामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एक्सरे मेसिनबाट चेकको क्रममा ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्यको साथबाट त्यो रकम बरामद गरेको हो ।

शङ्का लागेर चेक गर्दा उनको साथबाट भारतीय नोट ५०,१००,२०० का नोट सहित ठूलो मात्रमा रकम बरामद गरिएको सशत्र प्रहरी बल गुल्म काँकडभिट्टाका डीएसपी राजेश घिमिरेले जानकारी दिनुभयो । 

बरामद गरिएको नोट भन्सार सँगको सहकार्यमा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको घिमिरेले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया