ईपीएल : विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

 असोज १६, २०७८ शनिबार १७:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । त्रिवी क्रिकेट मैदानमा विराटनगरले दिएको एक सय ७३ रनको लक्ष्य पोखराले १४ बल अघि मात्रै तीन विकेट गुमाएर भेटायो ।

पोखराको जीतमा विदेशी खेलाडी असेला गुणारत्नेले नटआउट ५० रन बनाए । विराटनगरका प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले आरिफ शेखको ४४ रनको मद्दतमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । आजको जीतसँगै पोखरा पाँच अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने चार खेलमा कुनै पनि अंक बटुल्न नसकी पुछारमा रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया