आईपीएलमा काेलकाताले हैदराबादलाई ६ विकेटले हरायाे

 असोज १८, २०७८ सोमबार ६:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा काेलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य काेलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

काेलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए । हैदराबादका जासन होल्डरले २ तथा रसिद खान र सिद्धार्थ कुलले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

हैदराबादका केन विलियम्सनले २६, अब्दुल समादले २५, प्रियम गार्गले २१ रन र ज्यासन रोयले १० रन जोड्नु बाहेक अरुदले दोहोरो अङ्क जोड्न सकेनन् । काेलकाताका टिम साउथी, शिवम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए भने शकिब अल हसनले एक विकेट लिए ।

जितसँगै१३ खेलमा १२ अङ्क जोडेर काेलकाता चौथो स्थानमा रहेको छ ।  १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसअघि आईपीएलमा हिजै भएको अर्को खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर आईपीएल क्रिकेटको क्वालिफायरमा पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया