च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलामा बगेर भदौ महिना लागेयता मात्र तीन जनाको ज्यान गएको छ ।
एकजना अझै बेपत्ता छन् । माछा मार्न खोलामा गएका जिल्लाको फिदिम नगरपालिका–४ का देवीप्रसाद सम्बाहाम्फेलाई हेँवा खोलाले बगाएर बेपत्ता भएका आठ दिनपछि गएको भदौ नौ गते शव फेला परेको थियो ।
भदौ नौ गतेनै हेँवा खोलाले बगाएर बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ की सुनमाया तामाङ पनि मृत अवस्थामा खोला किनारमा फेला परेको पाँचथर प्रहरीले जनाएको छ । यस्तै आइतबार मात्र खोलाले बगाएर बेपत्ता भएका कुम्मायक गाउँपालिका–५ का २६ वर्षीय दुर्गा आङदेम्वेको सोमबार खोला किनारमा शव फेला परेको छ ।
आइतबार दिउँसो २ बजे समयमा गाउका २५ वर्षीय साथि सुमन लावतीसँग खोलामा नुहाउन गएका दुवै जनालाई खोलामा बगाएका थियो तर खोलाले बगाउँदै गरेको स्थानियले देखेपछि सुमनलाई उद्धार गरेका थिए । गएको भदौ १० गते जनैपूर्णिमाको दिन बुवासँग खोलामा जनै फेर्न जाँदा खोलाले बगाएर भएका फिदिम–१ का आठ वर्षीय बालक डेनिस उपे्रतीलाई अझै भेटिएको छैन् ।
भदौ महिना लागेयता मात्र हेँवा खोलाले बगाएर तीन जनाले ज्यान गुमाएको र एक जना बालकको अवस्था बेपत्ता भएपछि पाँचथर प्रहरीले जिल्लाको चारवटा खोलामा नुहाउने कार्य गर्न, माछा मार्न नजान आग्रह गरेको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।