बंगबन्धु गोल्डकप : पहिलेकै उपाधिको पैसा पाएको छैन, खेल्ला त नेपालले आउँदो प्रतियोगिता ?

 भदौ १८, २०७५ सोमबार १९:२४:३३ | रासस
unn.prixa.net

काठमाडौं – बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । 

नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । 

पाँचाैँ संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशी नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘अघिल्लो संस्करणमा जितेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ ।’ त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचाैँ संस्करणको खेल तालिका सार्वजनिक गरिसकेको छ । पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ । 

शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया