प्रकाण्ड रिहा भएको केही मिनेटमै अदालत परिसरबाट पक्राउ

 भदौ १९, २०७५ मंगलबार ५:४८:४० | उज्यालो सहकर्मी

नुवाकोट - सर्वोच्च अदालतको आदेशले रिहा भएका नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएको केही मिनेटपछि नै प्रहरीले पक्राउ गरेको छ । 

सोमबार सर्वोच्चको आदेशपछि  जिल्ला अदालत नुवाकोटको रोहबरमा रिहा भएका प्रकाण्डलाई प्रहरीले अदालत परिसरबाट नै पक्राउ गरेको हो । प्रकाण्डलाई बेलकोगडी नपा–९ मा गएको साउन ७ गते राती दुईवटा स्काभेटर  जलाएको आरोपमा पक्राउ गरि भदौ ८ गते नुवाकोट ल्याइएको थियो । 

जिल्ला न्यायधीश ऋषिकेश वाग्ले उपस्थितीमा रिहा भएका विश्वकर्मालाई अदालतको गेटमा बसिरहेका प्रहरीले तत्काल पक्राउ गरेको हो ।

विश्वकर्मालाई गएको चुनावमा हाल प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमााथि भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर पठाइएको प्रहरीले जनाएको  छ । 
 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया