नेपालको लगातार विकेट, मल्ल पनि आउट

 भदौ १९, २०७५ मंगलबार ९:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको लगातार विकेट गैरहेको छ । नेपालले चौथो विकेट पनि गुमाएको छ । 

चौथो विकेटमा नेपालले ज्ञानेन्द्र मल्ललाई गमायो । मल्ल १२ रन बनाएर आउट भए । नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । उनी इसान नवाजको बलमा क्याच आउट भएका हुन् । 

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुनेछैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।  

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • Satish Singh Buddhathoki

    Sept. 4, 2018, 9:31 a.m.

    Nepal Asia Cup MA Select Vayoo Hami Nepali KO Ijat Rahiniyaa Xaaa Hoii Keep It Up Nepal Win The Match Hurry

  •  0 Reply

तपाईको प्रतिक्रिया