श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित चार जना पक्राउ

 असोज ३१, २०७८ आइतबार १२:५३:५३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रमेशको हत्याको आशंकामा प्रहरीले श्रीमती अमृता चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

आज बिहानै घरदेखि झण्डै ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो । अस्ति बेलुका साथीको घरमा जान भन्दै घरबाट निस्किएका उहाँ आज बिहान मृत भेटिनु भएको हो । प्रारम्भिक रुपमा मृतककी श्रीमती, उनको केटा साथी विष्णु चौधरीले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताउनुभएको छ । अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो । त्यही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसँगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विष्णु पनि विवाहित हुन् । प्रहरीले पक्राउ गरेका अन्यको नाम भने खुलाइएको छैन । घटनाको विवरण आजै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया