टी–२० विश्व कप : स्कटल्यान्डकाे लगातार दाेस्राे जित

 कात्तिक २, २०७८ मंगलबार २०:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप टी–२० क्रिकेटमा स्कटल्यान्डले लगातार दाेस्राे जित निकालेकाे छ । आज मङ्गलवार ओमानकाे अल अमिरात मैदानमा भएकाे खेलमा स्कटल्यान्डले पपुवा न्यु गिनी (पीएनजी) लाई हराएकाे हाे । स्कटल्यान्डसँग १७ रनले पराजित भएसँगै पीएनजी अघिल्लो चरणमा जानबाट लगभग रोकिएको छ ।

स्कटल्यान्डले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको पीएनजी तीन बल बाँकी रहँदै एक सय ४८ रनमा अलआउट भयो । उसका नर्मन भाउनले सर्वाधिक ४७ रन बनाए । स्कटल्यान्डका जोश डेभीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले रिचि ब्रिङटनको सर्वाधिक ७० रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । पीएनजीका काबु मोइराले चार विकेट लिए ।

जितसँगै स्कटल्याण्ड दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया