बङ्गलादेश टी–२० विश्व कप क्रिकेटको 'सुपर १२' मा

 कात्तिक ४, २०७८ बिहिबार १९:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेश आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । आज बिहीवार भएको महत्त्वपूर्ण खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ८४ रनले हराउँदै बङ्गलादेशले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

आज कुबेतको अल अमिरात मैदानमा बङ्गलादेशले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ९७ रन बनाउँदा अलआउट भयो । पीएनजीका किप्लिन दोरिगाले अविजित ४६  र चाड सोपले ११ रन बनाउनुबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्गलादेशका सकिब अल हसनले चार तथा मोहम्मद सैफुद्दिन र तस्किन अमहदले दुई/दुई विकेट लिए ।  

यसअघि टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो । बङ्गलादेशका लागि कप्तान मोहमदुल्लाहले ५० र सकिब अल हसनले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ माेरे, दमिन रबु र असाद भालाले दुई/दुई विकेट लिए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया