माथिल्लो तामाकोशी सञ्चालनमा : घरायसी उपभोक्ताका लागि 'लोडशेड...
पुस १०, २०८१ बुधबार
काठमाडौं - अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो ।
संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशियार मानिने उल्लेख छ । साथै दफा २०६ ले सबै अंशियारको हक समान रहने छ भनेर स्पष्ट उल्लेख गरेको छ ।
यसअघि २०६३ सालको अन्तरिम संविधानमै पैतृक सम्पत्तिबाट छोरीले पनि अंश पाउने व्यवस्था गरेको थियो । तर त्यसको कार्यान्वयनमा अन्य कानुनहरु उदार बन्न नसक्दा छोरीहरुले अंश पाउन सकेका थिएनन् ।
दाइजो दिन जति नै सम्पत्ति खर्च गरे पनि समाजले छोरीलाई अंश दिने विषय अझै पनि सहज ठान्न सकेको छैन । ०६३ को अन्तरिम संविधानले छोरीले पनि अंश पाउने उल्लेख गरेको भए पनि त्यस बमोजिमको हक दावी गर्दै अंश लिने छोरीहरु भने कम देखिए ।
अहिलेसम्म पनि एकाध बाहेक कुनै पनि बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिएपनि छोरीलाई अंश दिलाउने कानुनहरु यस अघि पर्याप्त थिएन ।
२०२० सालमा बनेको मुलुकी ऐनले पनि ३५ वर्षको उमेरसम्म बिहे नगरेका छोरीलाई छोरा सरह अंश दिने व्यवस्था गरेको थियो । त्यसलाई २०५९ सालमा संशोधन गरेर छोरा र छोरीलाई अंश दिने व्यवस्था गरेपनि विवाहितले अंश नपाउने व्यवस्था गरेको थियो ।
२०६३ सालको अन्तरिम संविधानले पैतृक सम्पत्तिमा छोराछोरीको बराबर हक लाग्ने व्यवस्था गर्यो । तर त्यसका लागि आवश्यक प्रचलित कानुनहरु संशाेधन नहुँदा छोरीले छोरा सरह अंश पाउने स्थिति अहिलेसम्म हुन सकेन ।
भदौ १ देखि लागू भएको मुलुकी देवानी संहिताले पुराना कानुनमा भएका बाधाहरुलाई सल्टाएको छ । संहिताले अंशमा छोरीहरुको पनि समान हैसियत कायम गरिदिएको छ । छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिनुपर्ने व्यवस्था संहिताले गरेको हो ।
लैङि्गक समानता कायम गर्न तथा लैङिगक हिंसा अन्त्य गर्न यस्तो व्यवस्था मुलुकी ऐनमै गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता संजिवराज रेग्मीले बताउनुभयो । यो ऐनले विवाहिता छोरीले पनि छोरा सरह अंश पाउने व्यवस्था गरेको हो ।
अहिले ऐनमा छोरालाई मात्रै अधिकार दिने व्यवस्था गरेका ठाउँमा छोरी शब्द पनि थपेको छ । साथै अविवाहिता छोरी भन्ने शब्द हटाएर सगोलकी छोरी (अंशियार) भन्ने शब्द राखेको छ । २०४७ सालपछि छोरीलाई पनि समान अंश दिनुपर्छ भनेर आवाज उठ्दै आएको थियो ।
सर्वोच्च अदालतले छोरीलाई पनि अंश दिन मिल्ने गरी कानुन बनाउन यसअघि पटकपटक निर्देशन तथा फैसला गर्दै आएको थियो ।
यो ऐन कार्यान्वयनमा आएसँगै अब छोरीलाई दोहोरो अंश मिल्ने देखिन्छ । बिहे गरेको छोरीलाई पनि अंश दिने भनेसँगै जन्म घर अर्थात माइती पक्षबाट अंश पाउने निश्चित छ नै सँगै सोही ऐनमा श्रीमानकाे तर्फबाट पनि अंशियार रहने देखाएको छ । यसले छोरीलाई माइती पक्ष र श्रीमान पक्ष दुवैतर्फबाट अंश पाउने निश्चित गरिदिएको हो ।
त्यस्तै संहिताले अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र उनले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानेर अंश भाग छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।
त्यस्तै वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मेका छोरा, छोरीले पनि अंश पाउने संहिताले व्यवस्था गरेको छ । संहिताको दफा २०७ मा भनिएको छ, ‘कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ।
Ramesh
Sept. 14, 2018, 9:41 p.m.I think Goverment has justified for all Daughters as above said Daughter will be Benefited both sides just think once you will get married you will get your Father property and your wife will be also get means you will be also benifired pls don't think ladies are Benefited same you will also. It is surveyed after married Daughter are more ceruable to their father and mother.
बेद प्रसाद पौडेल भरतपुर
Sept. 12, 2018, 4:09 p.m.छोरीलाई छोरा सरह अंशले गर्दा हाम्रा चाडपर्ब र सामाजिक मर्यादा खलबल्याएर सामाजिक बिकृती आउने सम्भावना देखिन्छ बावु आमालाई पाल्नको लागि र छोरीको भुमिका ऐनमा देखिएको छैन र हाम्रा समाजमा छोरीको घरमा बावु आमालाई बस्न कालागि सहज पनि छैन ।छोरी ज्वाई लाई ढोग गर्ने हाम्रो सस्कार मा छोरी को घरमा कसरी सहज होला बाबु आमा लाई?
Raju sah
Sept. 6, 2018, 8:51 a.m.I think it is good things on behalf of unmarried girls in Nepal those are discriminated by our society against of there properties right of their parents... it's should be regulate in behaviour as soon as by our government and also by our society to help equal opportunity and right for owmen in Nepal...🇳🇵💐
Mahesh Maheshwori
Sept. 5, 2018, 1:38 p.m.विवाहित छोरीले दोहोरो अंश पाउने व्यवस्थाले समाजमा विकृति नै बढ़ने छ जस्तो मलाई लाग्छ । छोरीले दोहोरो अंश पाउछ भने के अगामी दिन हरुमा पुरुष हरु छोरी जन्माउन डराउदैन ? पुरुष हरु छोरी जन्माउन गारो मान्नेछ किनभने परिवारमा कलह बढ़ने सम्भावना बढ़ने छ । अगामी दिनहरुमा छोरीले समेत अंश (दोहरो अंश) पाउने भए पछि के छोराहरुले समेत दोहरो अंश पाउन आवाज उठाउने छैन ? छोराहरुले समेत आफ्नो दिदी/बहिनी सरह वहाँको श्रीमान को सम्पत्तिमा आफ्नो समेत दोहरो हक माग गर्यो भने त्यो समयमा के गर्ने या त्यस्तो समयको आउने प्रतिक्षा गर्ने ? आफ्नो दिदी/बहिनी हरुले दोहरो अंश यानि आफ्नो बुवाको सम्पत्तिमा समेतमा अंश पाउने भए पछि उनीहरुको विवाह राम्रो तरिकाले यानि राम्रो खर्च गरेर / खुला मनले दाजु / भाई हरुले गर्न मन पराउने छन ? आफ्नो बुवाको सम्पत्तिमा दिदी/बहिनी हरुले समेत अंश पाउने भए पछि यानी अंशियार बढ़े पछि के अप्रिय घटना हरु बढ़ने सम्भावना छैन ,घर परिवारमा अशांति बढ़ने छैन ? अतः सम्बन्धित निकायले यो कुरा हरु माथी पुनः विचार गरी कुनै ठोस निर्णय लिन मेरो सुझाव छ । उपरोक्त कुरा हरु मेरो आफ्नो निजी बिचार छ । यस बाट कसैलाई दु:ख दिने मेरो अभिप्राय होईन ।