कोलकातामा पुल भत्कियो, कैयौँ पुरिएको आशंका

 भदौ १९, २०७५ मंगलबार १९:४५:० | एजेन्सी
unn.prixa.net

दक्षिण कोलकाताको तारातला क्षेत्रमा रहेको माझेरहाट पुल भत्किँदा कैयौँ थिचिएको आशंका गरिएको छ ।

अहिलेसम्म एक जनाकाे मृत्यु भएकाे अधिकारीहरुले पुष्टि गरेका छन् । पुलले थिचिएकामध्ये १८ जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पुलमुनि थिचिएकाहरुको तीव्रताका साथ उद्धार कार्य जारी भैरहेको छ । पुलले ५–६ वटा गाडी पनि पुरिएको छ ।

भत्किएको पुल ६० वर्ष पुरानो थियो । पुलमुनि रेल्वे ट्रयाक रहेको छ । घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै पीडितहरुलाई तत्काल राहत पुर्‍याउन आग्रह गरेका छन् । 

त्यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनामा फसिरहेका व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न अधिकारीहरुलाई निर्देशन दिएकी छिन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया