टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी

 कात्तिक ११, २०७८ बिहिबार ६:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी भएको छ ।

आबुधाबीमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ ।

नामिबिया पहिलो पटक सुपर १२ प्रवेशमा गरेको हो । स्कटल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो  ।

नामिबियाको जितमा जेजे स्मिथले अविजित रहँदै ३२ रन बनाए । यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डेबिड विएसले १६ रन बनाए । स्कटल्यान्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया