नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्रिश्टियानो रोनाल्डो रियल मड्रिडबाट युभेन्टस गएकोमा आश्चर्यचकित भएको बताएका छन् ।
साथै उनले इटालियन क्लब युभेन्टस फुटबलप्रेमीहरुको लागि च्याम्पियन्स लिगको सर्वाधिक रुचाइएको क्लब हुनेमा आशावादी रहेको पनि बताए ।
लियोनल मेस्सी र रोनाल्डो ला लिगामा आफ्ना क्लब तथा व्यक्तिगत व्यवहारका कारण अनगिन्ति पटक विवादमा आइसकेका छन् । तर अब भने उनीहरले एक अर्कालाई ला लिगामा सामना गर्नुपर्ने छैन ।
३३ वर्षीय रोनाल्डो युभेन्टस गएपछि मेस्सीले युरोपमा युभेन्टस अपेक्षाकृत रुपमा बलियो विपक्षी हुने महसुुस गरेका छन् । तर पुरानो अजात शत्रु रियल मड्रिड भने अपेक्षाकृत रुपमा कमजोर भएको छ ।
‘रियल मड्रिड विश्वकै एउटा उत्कृष्ट टिम हो र मड्रिडको खेलाडी पंक्ति (स्क्वाड) पनि राम्रो छ तर रोनाल्डोको अनुपस्थितिले टिमलाई कमजोर पारेको उदाहरणहरु थुप्रै छन्, मेस्सीले क्याटालुनिया रेडियोलाई बताए, ‘र यसले युभेन्टसलाई च्याम्पियन्स् लिगको रुचाइएका क्लबहरुमध्ये एक बनाउनेछ ।’
रोनाल्डोको अनपेक्षित स्थानान्तरणको समाचार सुन्दा कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने, ‘उनले रियल छोडेकोमा म अचम्मित भएँ । उनले युभेन्टस जानका लागि रियल छोड्छन् भन्ने मैले कल्पनासम्म पनि गरेको थिइनँ । उनको आशा गर्ने थुप्रै क्लबहरु थिए । म अचम्मित भएँ तर उनी राम्रो टिममा गएका छन् ।’
मेस्सीले च्याम्पियन्स् लिग नजितेको लगातार तीन सिजन भयो । उनको टिमले पछिल्लो पटक सन २०१५ मा जितेको थियो । ‘यो फेरि जित्ने बेला हो, उनले भने, ‘हामी पछिल्लो ३ सिजनमा क्वार्टरफाइनलबाटै बाहिरियौं । गएको वर्ष रोममा भएको खेलको नतीजाले हामीलाई विशेष दुखी तुल्यायो, तर हामीसँग खेलाडीको राम्रो पंक्ति छ र हामी यो सिजन उपाधिका लागि भिड्न सक्छौं । ’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।